हेटौंडाको मेयरमा सात जनाको उम्मेदवारी दर्ता

डिसी नेपाल
११ वैशाख २०७९ १८:३६
108
Shares

हेटौंडा । आइतबार हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि सात जनाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। पाँच जनाले विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए।

मेयरको लागि नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराईले, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाले उम्मेदवारी दर्ता गराएका हुन्। हेटौंडाको मेयरको लागि स्वतन्त्र तर्फबाट लिला कुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी हेटौंडाको उपमेयर पदको लागि दुई जनाको उम्मेदवारी परेको छ। उपमेयरको लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

हेटौंडाको १९ वटा वडा मध्ये वडा नम्बर १, २, ५, ८, १७, १८ र १९ मा वडा अध्यक्षमा उम्मेदवारी दिइएको छ। १९ नम्बरमा दुई जनाले वडा अध्यक्षको लागि उम्मेदवारी दिएका छन् भने बाँकी वडामा १र१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। हेटौंडा १७ मा भने नेपाल विवेकशिल पार्टीले वडा अध्यक्ष सहित पाँच जनाको प्लानल नै दर्ता गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.