कास्कीमा तोडियो गबठन्धन, मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेसको निर्णय

डिसी नेपाल
११ वैशाख २०७९ १९:३०
832
Shares

पोखरा । कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।

आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक स्थलमै थुनिदिएका थिए ।

उक्त दबाबपछि पोखरा महानगको मेयर र उपमेयर बाहेक सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको सचिव भानु ढकालले बताए । यसअघि कास्कीका ४ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गर्ने निर्णय भए पनि मनोनयन गर्न समय २४ घण्टा भन्दा कम बाँकी रहँदा तोडिएको हो ।

अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ । सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन् । गठबन्धन दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरुसँग तालमेल नगर्ने निर्णय भएको जानकारी दिए ।

नेताहरूलाई कार्यकर्ताले चार घण्टा कार्यालयभित्रै थुने
नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले कार्यालयभित्रै थुनिदिएका छन् । गठबन्धनमा भागठबण्डा राम्रो नभएको भन्दै उनीहरूले नेता थुनिदिएका हुन् । जिल्ला कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला बैठकस्थलमै उनीहरू थुनिएका हुन् ।

पोखराको लेकसाइडस्थित एक होटेलमा गठबन्धन बैठक बसिरहेको र उक्त बैठकबाट कांग्रेस नेतालाई बोलाएर कार्यालयमा थुनेका हुन् । गठबन्धनका कारण जित्ने वडामा पनि हार्ने अवस्था आएको उनीहरूको आरोप छ । वडा नम्बर १८ का सभापति शिव तिमिल्सीनाको संयोजकत्वमा ताला लगाइएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.