फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रोँ विजयी
पेरिस। फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रोँ निर्वाचित भएका छन्। मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन्।
म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन्। म्याक्रोँले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन्। जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन्। उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन्।
चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन्। म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन्। ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन्। म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले म्याक्रोँलाई बधाई दिएका छन्।







डिसी नेपाल







Facebook Comment