पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दिपक पाैडेलकाे टिकट खाेसियाे

डिसी नेपाल
१२ वैशाख २०७९ ८:५३
1.3k
Shares

पोखरा। पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ।

शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो। त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ।

पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन्। त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो। अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो। उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन्। यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन छिन्।

थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन्। थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए। तर उनको कार्ड सफल हुन सकेन। अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन्। २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.