एमाले भक्तपुरले चारवटै नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम टुंग्यायो

डिसी नेपाल
१२ वैशाख २०७९ १०:५०
208
Shares

भक्तपुर। नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको हो।

एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोर्‍याएको छ । सूर्यविनायक नगरपालिकाको प्रमुखमा पुनः वासुदेव थापालाई उठाएको छ भने उप प्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा एमालेले पुरानै उम्मेदवारलाई मदनसुन्दर श्रेष्ठलाई पुन दोहोर्‍याउने निर्णय गरेको छ भने उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हालेकी विना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ भने उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाईँ खर्बुजालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.