ताप्ली गाउँपालिकामा गठबन्धनः अध्यक्षमा ढुंगराज बिक,उपाध्यक्षमा धनमाया मगर

डिसी नेपाल
१२ वैशाख २०७९ ११:०४
1.2k
Shares

काठमाडौं। उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन भएको छ। गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का ढुंगराज बिक पालिका प्रमुख र नेपाली कांग्रेसको तर्फबाट धनमाया मगर उपप्रमुखमा उम्मेदवारी दिने सहमति जुटेको ताप्ली कांग्रेसले जनाएको छ।

जम्मा ५ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ३ वडा र माओवादीले २ वटा वडा लिने सहमति भएको छ।नेकपा एमालेले भने पालिका अध्यक्षमा बावुराम राई र उपाध्यक्षमा मानकुमारी थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.