विराटनगर महानगर : कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार

डिसी नेपाल
१२ वैशाख २०७९ ११:४६
188
Shares

काठमाडौं। प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ। उनी नेता डा. शेखर कोइराला निकट हुन्। हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन्।

कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ।

किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ। विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.