काठमाडौं महानगर : सिंह र स्थापितको मनोनयन दर्ता कहिले ?

डिसी नेपाल
१२ वैशाख २०७९ १२:०१
236
Shares

काठमाडौं। पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन्। मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्।

सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गाे लगाएको हो। मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ जाने पनि जानेछन्। उनी नेकपा (एकीकृत समाजवादी)का हुन्।

यी दुई नेता अघि मध्याह्न १२ बजे भने नेकपा एमालेले प्रमुख पदमा उम्मेदवार छानेका केशव स्थापित र उपप्रमुख पदमा छानेकी सुनिता डंगोल मनोनयन दर्ता गर्न राष्ट्रिय सभा गृह जाने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.