कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर
हेटौंडा। नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगो लगाएको छ ।गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने भएको थियो ।
नेकपा एसले हेटौंडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।कांग्रेसले हेटौंडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको लागि भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment