कांग्रेसबाट बर्दिबास मेयरमा दुई जनालाई टिकट

डिसी नेपाल
१२ वैशाख २०७९ १३:२५
344
Shares

महोत्तरी।नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाको मेयरका लागि दुईजनालाई टिकट दिएको छ । प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् ।

आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनय दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परे । सोमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको लागि टिकट लिएर आएका थिए ।

सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले टिकट पाएपछि माहोलमा नै परिवर्तन भएको छ ।‘कसले टिकट पायो मलाई थाहा छैन, तर म मनोनयन दर्ता गर्न जाँदै छु।’नेता हमालले भने ।प्रल्हाद क्षेत्रीको टिकट अन्तिम समयमा दुई जनाको टिकट आएको भन्दै नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन्।

कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने क्रम जारी भएको कांग्रेस महोत्तरीले जनाएको छ ।अहिले दुवै उम्मेदवार मनोनयन दर्ता गर्नका लागी निर्वाचन कार्यालय पुगेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.