काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने-गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु

डिसी नेपाल
१२ वैशाख २०७९ १३:४९
56
Shares

काठमाडौं।एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् ।

उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे ।स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् ।यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.