भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने

डिसी नेपाल
१२ वैशाख २०७९ १३:५४
256
Shares

भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन्।

मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन्। मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो।

मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए।

उक्त बेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागवन्डा लगाइएको थियो। तर, नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार पराजित भएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी वढी बलिया दलहरू हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.