एन्फा उपाध्यक्ष राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार

डिसी नेपाल
१२ वैशाख २०७९ १४:२५
112
Shares

काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बनेका हुन् । उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिडेको राईले बताए ।

राई एन्फाका मनोनित उपाध्यक्ष हुन् । २०७४ सालमा हालका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई जिताउन प्रदेश एकबाट उनी महत्वपूर्ण भूमिकामा थिए ।

यस्तै, राई एन्फा प्रदेश नम्बर एकका संयोजकसमेत हुन् । राई नेपाली कांग्रेस धरानका पूर्व नगर सभापति हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.