स्थानीय निर्वाचन मनोनयन अपडेटः साढे २३ हजारभन्दा बढीले दिए उम्मेदवारी
काठमाडौं। यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो ।
आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइनेछ।आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ३१, अध्यक्ष पदमा ८७१, उपप्रमुख पदमा ५३०, उपाध्यक्ष पदमा ४९६, वडा अध्यक्ष पदमा ६ हजार ३२२, महिला सदस्य पदमा ३ हजार ५७५, दलित महिला सदस्य पदमा ३ हजार ६ र सदस्य पदमा ७ हजार ६८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment