पाँच बजेसम्म ४८ हजार १९७ जनाको उम्मेदवारी दर्ता, जिल्लागत रुपमा कहाँ कतिले दिए उम्मेदवारी ?

डिसी नेपाल
१२ वैशाख २०७९ १८:३१
756
Shares

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म ४८ हजार १९७ जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगका अनुसार सोमबार साँझ ५ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो ।

आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइनेछ।आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ६५७, अध्यक्ष पदमा १ हजार ६१०, उपप्रमुख पदमा ९७५, उपाध्यक्ष पदमा १ हजार ५०, वडा अध्यक्ष पदमा १२ हजार ३१२, महिला सदस्य पदमा ७ हजार ६९३, दलित महिला सदस्य पदमा ६ हजार ७११ र सदस्य पदमा १६ हजार १८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.