स्थानीय निर्वाचन मनोनयन अपडेटः ७ः३० बजेसम्म ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता, कहाँ कति?

डिसी नेपाल
१२ वैशाख २०७९ १९:५३
664
Shares

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगका अनुसार सोमबार साँझ ७ः३० बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो ।

आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । आयोगका अनुसार हालसम्म प्रमुख पदमा २ हजार ११८, अध्यक्ष पदमा २ हजार २२१, उपप्रमुख पदमा १ अजार ३१८, उपाध्यक्ष पदमा १ हजार ५४४, वडा अध्यक्ष पदमा १७ हजार ७०१, महिला सदस्य पदमा ११ हजार ६५५, दलित महिला सदस्य पदमा १० हजार ३७१ र सदस्य पदमा २४ हजार ३०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.