उम्मेदवारी मनोनयनका क्रममा झापामा व्यापक आचारसंहिता उल्लंघन

डिसी नेपाल
१२ वैशाख २०७९ २०:५२
220
Shares

झापा । उम्मेदवारी मनोनयनको क्रममा झापामा आचारसंहिताको व्यापक उल्लंघन भएको छ। ठूला राजनीतिक दलले आचारसंहिता प्रतिकुल हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका हुन्।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीराम नेपाललेका अनुसार सवारी साधनमा झण्डा राख्न, प्रचारका लागि जिङ्गल बजाउन पाइँदैन । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एस) सहितको गठबन्धन, नेकपा एमाले र राप्रपाले आचारसंहिताको धज्जी उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका छन् । उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झण्डा राखेका छन् ।

यस्तै, सवारी साधनमा साउन्ड सिस्टम राखेर प्रचारमूलक जिङ्गल पनि बजाउँदै मनोनयनका लागि निर्वाचन कार्यालयसम्म पुगेका छन् । ठूला दलका उम्मेदवारहरु बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन छ । ठूला राजनीतिक दलले झापाका १५ वटै स्थानीय तहमा मनोनयन दर्ता गर्न जाँदा शक्ति प्रदर्शन गरेका छन् । ‘झण्डा पनि सीमित मात्र पाइन्छ । धेरै गाडीमा झण्डा राख्न पाइँदैन । जिङ्गल बजाउन त पाइँदैपाइँदैन,’ निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले भने, ‘यस्तो गर्नु आचारसंहिता उल्लंघन गर्नु हो ।’

उनले आचारसंहिता उल्लंघन गर्ने दललाई अनुगमन गरेर कारबाही समेत गर्ने चेतावनी दिए । ‘हामीले पनि अनुगमन गरिरहेका छौँ । हामीले त्यास्तो पाएका छैनौँ,’ उनले भने यदि त्यस्तो पायौँ भने सम्बन्धितदललाई कारबाही गर्छौँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.