बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

डिसी नेपाल
१७ वैशाख २०७९ १९:००
116
Shares

काठमाडौं । बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ। धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो।

मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३-०२-०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.