भोलि मंगलबार देशैभरी सार्वजनिक विदा

डिसी नेपाल
१९ वैशाख २०७९ १५:०७
796
Shares

काठमाडौं । सरकारले भोलि मंगलबार देशैभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीले मनाउने ईद-उल-फित्रमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो । भोलि विदा दिनको लागि मुस्लिम आयोगले सिफारिस गरेको थियो ।

रमजान सकिएको भोलिपल्ट ईद मनाइन्छ । गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सकिँदैछ । भोलि ईदको दिन मुस्लिम धर्मावलम्बीहरू ईदगाहमा गएको मुबारकबाद साटासाट गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.