काठमाडौंको नाइटक्लवमा राहुल गान्धी देखिएपछि भारतमा बबाल, बीजेपीको हल्लाखल्ला

डिसी नेपाल
२० वैशाख २०७९ १३:१२
1.7k
Shares

काठमाडौं । भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी यतिबेला निजी भ्रमणमा नेपाल आएका छन् । राहुल गान्धीको नेपाल भ्रमणको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनी काठमाडौंको नाइट क्लबमा देखिएका छन् । यो भिडियो भाइरल भएपछि भाजपा कांग्रेस र राहुल गान्धीमाथि आक्रामक बनेको छ । यो भिडियो काठमाडौंको लर्ड अफ द ड्रिंक्स नाइट क्लवको भएको बताइएको छ ।

बीजेपीका प्रवक्ता शहजाद पूनावालाले भनेका छन्, ‘राहुल गान्धी के गर्दैछन् त्यो उनको व्यक्तिगत मामिला हो। तर राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ । राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ । यसप्रति चिन्ता व्यक्त गर्नुको सट्टा राहुल गान्धी नेपालको नाइट क्लबमा पार्टी गरिरहेको देखिन्छ । जबकि यतिबेला उनी भारतका जनताको समस्या जान्नका लागि उनीहरुसँग हुनुपर्ने थियो ।’

पूनावालाले थपे, ‘कांग्रेस पार्टी समाप्त भयो, तर राहुल गान्धीको पार्टी यसैगरी चल्नेछ। उनी राजनीतिमा गम्भीर छैनन् । जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, तब उनी नेपालमा पार्टी गरिरहेका छन् ।’ केन्द्रीय मन्त्री किरण रिजिजुले राहुल गान्धीको भिडियो ट्वीट गर्दै व्यङ्ग्य गरे – ‘बिदा, पार्टी, छुट्टी, रमाइलो यात्रा, निजी विदेश भ्रमण आदि अब देशको लागि कुनै नौलो कुरा होइन ।’

अर्कोतर्फ भाजपाका अर्का नेता कपिल मिश्राले ट्वीट गर्दै भने, ‘यो राहुल गान्धीको व्यक्तिगत जीवनको कुरा होइन । राहुल गान्धी कोसँग छन् ? के चीनका एजेन्टहरूको साथमा छन्? के राहुल गान्धीले सेनाविरुद्ध गरेको ट्वीट चीनको दबाबमा गर्छन् ? प्रश्न सोधिनेछ? प्रश्न राहुल गान्धीको होइन देशको हो।’

बीजेपी सोशल मिडिया इन्चार्ज अमित मालवीयले ट्वीट गरे, ‘मुम्बईमा हमला हुँदा पनि राहुल गान्धी नाइट क्लबमा थिए। अहिले उनको पार्टी समस्यामा परेको छ, यतिबेला पनि उनी नाइट क्लबमै छन् । उनीमा निरन्तरता छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.