विप्लव पार्टीबाट निष्काशित, फुट्याे नेकपा

डिसी नेपाल
२१ वैशाख २०७९ १३:५२
568
Shares

काठमाडाैं। नेत्रविक्रम चन्द विप्लवलाई उनी नेतृत्वको नेकपाबाट निष्काशित गरिएको छ।

धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधवार शुरु भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गरेकाे हाे।
यो भेला आजदेखि चितवनमा सुरु भएको हो।

भेलामा पूर्व डिभिजन कमाण्डर दीपक चलाउने र नेता पूर्णबहादुर सिंहलगायत सहभागी छन्। भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ। उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.