छोराले गरे बृद्ध बुबा आमाको हत्या

डिसी नेपाल
२२ वैशाख २०७९ २२:१५
240
Shares

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा छोराले बृद्ध बुबा आमाको हत्या गरेका छन् । लेलेपको गोटीछाँगा भन्ने ठाउँमा २५ बर्षिय छोरा आइतराज लिम्बूले अन्दाजी ७५ बर्षिय बुबा बृखबहादुर लिम्बू र ७२ बर्षिय आमा फिपरानी लिम्बूको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रहार गरी आफ्नै घरमा बाबु आमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । प्रहरीले आइतराजलाइ नियन्त्रणमा लिइसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भएको समेत प्रहरीले जानकारी दिएको छ । हत्याको कारण बारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.