जिम्बावेसँग नेपाल तीन विकेटले पराजित

डिसी नेपाल
२३ वैशाख २०७९ १४:४०
156
Shares

काठमाडौं। जिम्बावे ए टिमसँग नेपाली टोलि तीन विकेटले पराजित भएको छ।नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाएर खेल जितेकाे छ।

जिम्बावेकाे जितका लागि इनोसेन्ट कियाले अविजित रहदै सर्वाधिक ४८ रन र ब्राड इभान्स १७ रन अविजित रन जाेडे ।यस्तै  सेफास झुवाले ३२ रन,रोय कियाले १४ रन बनाए।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ २ विकेट र सोमपाल कामी र सागर ढकालले १ १ विकेट लिए ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.