महेन्द्रनगरमा मतदान अधिकृतसँगै मतपत्र पठाइने

डिसी नेपाल
२५ वैशाख २०७९ १२:४१
36
Shares

महेन्द्रनगर।आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरका नौवटै पालिकाका लागि निर्वाचन सामग्री तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका नौ वटै पालिकाका लागि मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिएको बताए।

“मतपत्र र मतपेटिका सम्बन्धित पालिकाका लागि छुट्याएर राखेका छौँ ।” उनले भने,“मतपत्र, मतपेटिका र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउने काम भइरहेको छ । “तीन लाख एक हजार १५० मतपत्र रुजु गरी मिलाएर राखेका छौँ ।” मुख्य निर्वाचन अधिकृत धामीले भने,“ अहिलेसम्म निर्वाचनको काम द्रुतगतिमा अघि बढेको छ ।”

यहाँका पालिकामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन भयरहित वातावरणमा सम्पन गर्न झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए।

निर्वाचनका बेला हुनसक्ने सम्भावित आपाराधिक गतिविधि नियन्त्रण गर्न निर्वाचन सुरक्षा निकायले जिल्लाभर सुरक्षा सर्तकता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ निर्वाचनको ४८ घण्टा अघि नेपाल–भारत सीमा बन्द हुने भएको छ ।

निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकिएको छ । यहाँ कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ । निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी आठ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.