नयाँ मतदातालाई जीवनको पहिलो मतदान सूर्यमा गर्न ओलीको आग्रह
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मतदाताहरूलाई जीवनको पहिला मतदान सूर्यमा गर्न आग्रह गरेका छन्। नयाँ मतदाताकाहरूको जीवनस्तर विकसित देशका नागरिकको भन्दा कम हुन नदिने प्रतिबद्धता जनाए।
नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गर्न आग्रह गरेका हुन्। जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गरे।
‘तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,’ ओलीले भने।
उनले नयाँ मतदातालाई मात्र नभएर नेपाली कांग्रेसलाई मतदान गर्ने सोच बनाइरहेका मतदातालाई समेत सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिह्नमा मतदान गरौं।’
अब कम्तिमा दुई अवधि (पाँच/पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्मा नेकपा एमालेलाई विजयी गराउन पनि उनले मतदाताहरूलाई अनुरोध गरे । ‘नेकपा एमालेलाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाक्षां पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु,’ ओलीले भने।
गठबन्धन बनाउनको लागि जनताको मत नचाहिने भन्दै जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने ओलीको भनाइ छ । त्यो सुनौलो युग नेकपा एमालेले सुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए।







डिसी नेपाल







Facebook Comment