देउवा र प्रचण्डको प्रेम केही दिनमै टुट्छः एमाले नेता पाण्डे

डिसी नेपाल
२५ वैशाख २०७९ १५:३६
100
Shares

चितवन। नेकपा एमालेका उपाध्यष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन्।

चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उनीहरुको प्रेम नक्कली भएको दाबी गरे।

‘शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र कमजोर प्रेम छ भन्ने कुरा जान्न धेरै पर जानुपर्दैन,’ पाण्डेले भने, ‘यो नक्कली र चाउरे पिरती धेरै दिन चल्नेवाला छैन, केही दिनमै टुट्ने छ।’

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले केही दिन कांग्रेसका उम्मेदवारले हारेको स्थानमा बजेट नदिने भनि दिएको अभिव्यक्ति प्रति उनले आपत्ति समेत जनाए।

‘प्रधानमन्त्री पत्नीले हामीले हारेको ठाउँमा बजेट दिँदैनौं भन्नु भएछ । क्याबात् । आज पनि राणा शासन गएनछ भन्ने उहाँलाई लागेछ । यो राणा शासन होइन, लोकतान्त्रिक युग हो,’ एमाले नेता पाण्डेले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.