कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेः केपी ओली

डिसी नेपाल
२५ वैशाख २०७९ १८:२७
44
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे ।

जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएर जनतासँग भोट मागेको भन्दै ओलीले प्रचण्डको छोरीलाई भोट नदिएर कुनै दुर्घटना नहुने गठबन्धन मात्र हार्ने बताए ।

प्रचण्डको धम्काउने बानी अझै नगएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.