चुनावको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस

डिसी नेपाल
२६ वैशाख २०७९ ८:२५
44
Shares

काठमाडाैं। स्थानीय तहकाे चुनावकाे चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज साेमबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्ने भएकाे छ। दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ। आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.