कांग्रेसलाई ओलीको प्रश्न- किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ?

डिसी नेपाल
२६ वैशाख २०७९ १४:५१
160
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताएका छन्। उनले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताए।

गण्डकी प्रदेशको राजधानी पोखरामा साेमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै नेता नाच्दै हाँसेर पार्टीबाट ननिस्किएको बताए।

‘कृष्णप्रसाद भट्टराई (किसुनजी)ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्धकालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन। २००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’, ओलीले भने।

उनले बिपी कोइराला अहिले भएको भए पनि पार्टी छाड्ने थिए भनेका छन्। यस्तै उनले देश बनाउने पार्टी रहेको बताए । एमाले नीति कार्यक्रम, योजना र देश विकासको संकल्प भएको पार्टी भन्दै उनले पोखरावासीसँग मत मागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.