अहिलेको गठबन्धन सफल भएको छः वर्षमान पुन
रोल्पा । नेकपा (मोआवादी केन्द्र)का नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्ध सफल भएको जिकिर गरेका छन् ।रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका उनले देशका सबै महानगर र उपमहानगरसहित ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएकाले यो गठबन्धन सफल भएको मान्नुपर्ने बताएका हुन् ।
कतिपय ठाउँमा सरकारमा रहेका सबै दल संलग्न रहने गरी गठबन्धन भएको छ भने कतिपय ठाउँमा चार दल, तीन दल वा दुई दलबीच समेत गठबन्धन भएको देखिन्छ । यी सबै जोड्दा ६० प्रतिशत गठबन्धन भएको रिपोर्ट आएको नेता पुनले बताए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादीबीच १०६ स्थानीय तहमा मात्रै तालमेल भएको स्मरण गराउँदै उहाँले यस पटकको तालमेललाई सफल मान्नुपर्ने तर निर्वाचनमा शतप्रतिशत तालमेल हुन्छ भन्नु मनोगत मात्रै हुने उनको भनाइ छ ।
तालमेल सफल भए नेपाली कांग्रेसले देशका ३०० बढी स्थानीय तहको प्रमुखमा जित्ने र दोस्रो स्थान नेकपा माओवादी केन्द्रले लिने गरी रिपोर्ट आएको उनले बताए । स्थानीय तहको निर्वाचनका लागि गृह जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेता पुन रोल्पा आएका हुन् ।







डिसी नेपाल








Facebook Comment