मतदानस्थलमा पूर्ण स्वास्थ्य मापदण्डको पालना हुनेछः आयोग

डिसी नेपाल
२८ वैशाख २०७९ १४:२३
40
Shares

काठमाडौं। शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गरिने जनाएको छ।

आयोगका प्रवक्ता शालिक राम शर्मा पौडेलका अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा ‘फेस मास्क’ र सेनिटाइजर पठाइएको छ।

र एउटा मतदान स्थलमा १ हजार भन्दा धेरै मानिसहरु भिडभाड नहुने गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ।

हामीले ती महिना देखि निर्वाचनको आवश्यक तयारी गरेका हौँ। त्यो अवस्था र अहिलेको अवस्था धेरै फरक रहेको छ। अहिले कोरोना सामान्य पनि भइसकेको छ।

शर्माले भने ‘त्यसकारण अहिले कोरोनाको उच्च जोखिम नभएकाले यो विषय मुख्य इस्युमा परेको छैन। हाम्रो प्रधान ‘इस्यु’ भनेको निष्पक्ष,धाँधली रहित सबैको सहभागीतामा निर्वाचन सम्पन्न गराउने हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.