एमाले प्रमुख सचेतक भट्टराईको दाबी- निर्वाचनको परिणाम सुखद् आउनेछ

डिसी नेपाल
३० वैशाख २०७९ ९:३३
132
Shares

काठमाडौ‌ं। प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसौं पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खोटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनी अध्धयन गरेका थिए ।

मतदानपछि उनले गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरेको बताएका छन्।

मतदान गरेको १० ‌‌औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेको र तीन पटक भने हारेको भट्टराईले बताए । उनले यस पटक निर्वाचनको परिणाम सुखद् आउने पनि दाबी गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.