बिस्कुटको भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी
मुगु।मुगुमा सुरक्षाकर्मी भोकभोकै निर्वाचनमा खटिनु परेको छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रको घेरामा रहेका नेपाल प्रहरी बिस्कुटको भरमा खटिरहेका छन्।
छायाँनाथ रारा नगरपालिका(५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन् । उनीहरु एक पाकेट बिस्कुटको भरमा निर्वाचनमा खटिनु परेको वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन् ।
‘बिहानै आएर खटिरहेका छौँ, अहिलेसम्म खाना खान पाइएको छैन । एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचन मा खटिरहेका छौँ,’ उनले भनिन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment