विद्यमान सङ्कट समाधान राष्ट्रवादी शक्तिले गर्नुपर्छ : अध्यक्ष थापा

डिसी नेपाल
२ पुष २०८२ २१:०३
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिले लिनुपर्ने बताएका छन्।

आज यहाँ राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्को भेलाको शुभारम्भ गर्दै उनले अहिलेको अवस्थामा कांग्रेस र कम्युनिष्ट गठबन्धन सरकारले सुशासन कायम गर्न नसकेकाले उनीहरुप्रति जनतामा वितृष्णा र घृणा रहेको बताए।

मुलुकमा विद्यमान सङ्कट समाधानका लागि राष्ट्रवादी शक्तिहरू अग्रसर हुनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले उनीहरूबीच एकता अहिलेको आवश्यकता रहेकाले त्यस्तो एकता कायम गर्न अब कति पनि ढिला गर्नु नहुने विचार व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको जानकारी दिँदै उहाँले एकता प्रक्रिया चाँडै टुङ्गिने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *