स्याङ्जा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

डिसी नेपाल
३० वैशाख २०७९ १६:५४
360
Shares

काठमाडौं। नेपाली कांग्रेसले स्याङ्जामा शुक्रबार १४ जनाको मृत्यु हुने गरी भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।वालिङ नगरपालिका–१६ का मतदाता बोकेको ग २ च ३०२६ नम्बरको पिकअप शुक्रबार दुर्घटना हुँदा १४ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसले दुःख व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदिप पराजुलीले जानकारी दिए ।साथै कांग्रेसका सभापति एवं सम्माननी प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘सभापति देउवाले उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । साथै दुर्घटनापरी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.