कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
३० वैशाख २०७९ १७:२३
80
Shares

रूकुम पश्चिम । रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

जनककुमार बाँठामगर सवार गाडिबाट बाफिकोट गाउँपालिका-७ मा ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । लु३च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडी चालक देवराज शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.