गठबन्धनले उत्तेजनापूर्ण गतिविधि गरी निर्वाचनको वातावरण बिथोल्ने काम गरेः केपी ओली

डिसी नेपाल
३० वैशाख २०७९ २१:११
236
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् ।

स्थानीय तहको निर्वाचन सकिएपछि एक विज्ञप्ति जारी गर्दै ‌ओलीले सत्ता गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् ।

प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ओलीले स्वच्छ निर्वाचन विपरितका घटना भएका मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरेर उजुरी गरिएको जनाएका छन् ।

त्यस्ता स्थानमा पुनः निर्वाचन गराउन अध्यक्ष ओलीले निर्वाचन आयोगको ध्यानकर्षण गराएका छन् । उनले मतदानमा भाग लिएका आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

ुहामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गयोु ओलीले विज्ञप्तिमा भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.