बुटवलमा सत्ता गठबन्धनकाे सुरुवाती अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ६:३३
2.4k
Shares

बुटवल। बुटवल उपमहानगरपालिकामा गएराति १२ बजेदेखि भएको मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको हो।

उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउदा राप्रपाका मृगेन्द्र कुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन्। अहिलेसम्म उक्त वडाको २०० मत गणना भएको छ।

वडा नं १ मा वडा अध्यक्ष पदमा भने पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । पुतलि चिन्हमा ७० मत प्राप्त गरेको छ । वडा अध्यक्ष पदमा एमालेले ५६ मत पाएर दोश्रो हुदा नेपाली कांग्रेसले ३४ मत पाएर तेश्रो स्थानमा छ।

२०७४ को स्थानीय निर्वाचनमा उक्त वडामा वडा अध्यक्ष पदमा नेकपा एमालेका महेन्द्र लिगल बिजयी भएपनि नगरप्रमुख पदमा भने बुटवलका १९ वडा मध्ये सबैभन्दा ठूलो मतान्तरले एमाले पछि परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.