ओलीको गृहनगर झापाको दमकमा एमालेको सुरूआती अग्रता
काठमाडाैं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ।
दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रापका राम थापाले ७९ मत प्राप्त गरेका छ । थापालाई गठबन्धनले साथ दिएको छ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त प्राप्त गर्दै अग्रता बनाएकी छन्। उनलाई नेकपा एकालेका अम्बिका प्रसाद खनालले ७८ मत पाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment