लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी
मुस्ताङ। मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको एमाले विजयी भएको छ। बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका हुन्।
उनले ६८९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाएर पराजित भए। गुरुङ गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए।
यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन्। उनले ६४१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी गुरुङ २२५ मत पाएर पराजित भइन्। लक्ष्मी गठबन्धनबाट उम्मेदवारी दिएकी थिइन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment