स्थानीय निर्वाचन : दाङमा माओवादीले खाता खोल्यो

डिसी नेपाल
३१ वैशाख २०७९ ८:३०
872
Shares

दाङ। दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन्। यो वडामा कुल ७१४ मत खसेको थियो। मगरले ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।

यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवारहरू गुलाफको फूल १७ र छाता चुनाब चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए।

यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.