बिराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ १०:४०
216
Shares

काठमाडौं। प्रदेश १ को राजधानी बिराटनगर महानरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले सुरुवात देखि अग्रता कायम गरेका छन्।
गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका कोइरालाले अग्रता कायम राखेपनि उपमेयरमा गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपाल (जसपा)का अमरेन्द्र यादव भने दोस्रो स्थानमा रहेका छन्।

कोइराललाले २५८३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले १८९६ मत प्राप्त गरेर अगाडि रहँदा  अमरेन्द्र यादवले १३२३ मत सहित दोस्रो स्थानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.