मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु

डिसी नेपाल
२ पुष २०८२ १५:३१
68
Shares

जनकपुर । मधेश प्रदेश सभाको सभामुख पद चयन गर्नका लागि प्रक्रिया सुरु भएको छ।

आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन्। उपसभामुख राउतले आगामी पुस ६ गते आइतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी छन्।

उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन्।

गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि सभामुखको पद रिक्त रहेको थियो।

प्रदेश सभाको बैठक पुस ४ गत्ते शुक्रबार दिउँसो ४ बसेसम्मका लागि स्थगित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *