सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित
सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार विजयी भएका छन्। हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका प्रमोद राय ८ सय ६ मतसहित विजयी भएका हुन्। रायका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७ सय ३ मतमात्र प्राप्त गरे। रायको प्यानलनै विजयी भएको छ।
यस्तै यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उमेद्वारले अग्रता कायम गरेका छन। कांग्रेसबाट मेयर पदका उम्मेदवारले ८ सय ५० र उपमेयर पदका उम्मेदवारले ६ सय ६९ मतसहित अग्रता बनाएका हुन्। भने, जसपा र लोसपाका उमेद्वारले कांग्रेसलाई पच्छ्याईरहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment