धनगढी उप-महानरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै,निवर्तमान मेयर पछ्याउँदै

डिसी नेपाल
१ जेठ २०७९ ११:४९
564
Shares

काठमाडौं।सुदूरपश्चिम प्रदेशको राजधानी धनगनढी उप-महानरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। हमालले हाल १३८६ मत सहित अग्रस्थानमा रहेका छन्।उनले सुरुवात देखि अग्रता लिएका थिए।

नेपाली कांग्रेसका उम्मेदवार तथा धनगढी उपमहानरपालिका निवर्तमान मेयर नृपबहादुर वड भने ८०७ मत सहित दोस्रो स्थानमा रहेका छन्।नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द १४३ मत सहित तेस्रो स्थानमा रहेका छन्।अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमाल दोस्रो मत ल्याउँदै नृपबहादुर वडसँग पराजित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.