बैतडीका १० स्थानीय तहमध्ये ६ मा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ १२:१३
140
Shares

बैतडी। १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । कांग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ।

एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन्। कांग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ।

डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.