मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

डिसी नेपाल
१ जेठ २०७९ १३:००
180
Shares

मंगलसेन। अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न हुदाँ एमालेको अग्रता कायम देखिएको छ।

एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुदाँ १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना हुदाँ नेपाली कांग्रेसका उम्मेदवार नम बहादुर शाहीले ९ मतले अग्रता लिएका छन्।

तर, दुबै वडाको मत जोड्दा एमालेका उम्मेदवारको मत कांग्रेसका उम्मेदवारको भन्दा १ सय १९ बढी छ। अहिले वडा नम्बर १४ कालागाँउको मतगणना भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.