कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन: मतदान

डिसी नेपाल
१ जेठ २०७९ १३:१६
184
Shares

जुम्ला। जुम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुन: मतदान सुरू भएको छ। गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियाे।

फेरी झडपकाे स्थिति नहाेस् भनेर मतदान स्थलमा सुरक्षाकर्मीकाे उपस्थिति बाक्लाे पारिएकाे छ । यहाँ झण्डै एक मतदाता एक सुरक्षाकर्मीकाे अवस्था छ।

प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी बल ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द सहितको टिम मतदान स्थलमा पुगेकाे छ। निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिलेसम्म एक सय ८८ मत खसिसकेको छ।

आजकाे निर्वाचन भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए। एक हजार सात मतदाता रहेकाे यस केन्द्रमा ३० वैशाखमा तीन सय २० मत खसिसकेपछि स्थगित भएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.