हरिपुरको मेयर र उपमेयर दुबैमा कांग्रेस विजयी

डिसी नेपाल
२ जेठ २०७९ ११:२६
332
Shares

सर्लाही।सर्लाहीको हरिपुर नगरपालिकाको मेयर उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्राप्त मतपरिणामअनुसार हरिपुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार विजयी भएका छन् । पंजियार ६९३८ मत प्राप्त गरी भारी मतान्तरले विजयी भए । यस्तै, उपमेयरका नेपाली कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव विजयी भईन ।

उन्ले ५५८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलय हरिपुरले जनाएको हो ।यस्तै, मेयर पदका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का सुनिल कुमार बुढाथोकीले ३८८७ मत प्राप्त गर्दै पराजित भए भने उपमेयरको निकटतम प्रतिस्पर्धीमा नेकपा(एकिकृत समाजवादी)की शिला कार्की ४०७६ मतसहित दोस्रो स्थानमा रहिन ।

नेकपा(एकिकृत समाजवादी)बाट उमेद्वारी दिएका निवर्तमान मेयर जमिरुदिन मन्सुर २८०५ मतसहित तेस्रो स्थानमा देखिए । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जितेका थिए ।

वडातर्फ तीन वडामा नेपाली कांग्रेस, दुई वडामा माओवादी केन्द्र, दुई वडामा एमाले, दुई वडामा नेकपा(एकिकृत समाजवादी) ले जित हात पारेका छन् ।

वडामा विजयी उम्मेदवार
हरिपुर नगरपालिका–१, मा माओवादी केन्द्रका नानी बाबु थापा, २ नम्बर वडामा नेकपा एमालेका निल विक्रम थापा, ३ नम्बर वडामा माओवादी केन्द्रका लाल महमद शेष, ४ नम्बर वडामा एमालेका संजय प्रसाद साह, ५ नम्बर वडामा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी विजयी भएका हुन् ।

यस्तै, हरिपुर ६ नम्बर वडामा नेपाली कांग्रेसका प्रमहरी श्रेष्ठ, ७ नम्बर वडमा नेपाली कांग्रेसका मनोज कुमार चौधरी, ८ नम्बर वडामा एकिकृत समाजवादीका हरि बहादुर थापा र ९ नम्बर वडामा एकिकृत समाजवादीका विश्वनाथ राय विजयी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.