कैलाशमा गठबन्धनका मुक्तान र मल्ल विजयी

डिसी नेपाल
२ जेठ २०७९ १२:१०
116
Shares

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मुक्तान र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका हुन्।

अध्यक्षमा विजयी मुक्तानले चार हजार ८९७ मत प्राप्त गर्दै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजाललाई चार हजार ९३ मतले हराएका हुन्।

त्यसैगरी उपाध्यक्षमा विजयी मल्लले चार हजार ८८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुकुमाया थिङले तीन हजार ९३७ मत प्राप्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.